अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५१ | Colorodo: 12:06

नेपाली सेनाका पूर्वरथी महत मृत फेला

बिआरटीनेपाल २०७९ मंसिर २४ गते ४:३५ मा प्रकाशित

नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत अवस्थामा फेला पर्नुभएको छ । ५ वर्षअघि नेपाली सेनाबाट अवकास पाउनुभएका महत शनिबार बिहान मृत भेटिनुभएको हो ।पूर्वरथी महत बुढानीलकण्ठ–९ मा रहेको सिरडी कोलोनीस्थित आफ्नै निवास झुण्डिएको अवस्थामा फेला पर्नुभएको बताइएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले महतको मृत्युको कारण खुलिनसकेको जानकारी दिनुभएको छ ।

६२ वर्षीय महतको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको थियो । पोस्टमार्टम सकेर परिवारले महतको शव दाहसंस्कारका लागि बुझिसकेका छन् ।

महत हास्य व्यंग्यकार समेत हुनुहुन्थ्यो । महतका ‘चिप्ला कुरा’, ‘एकै ड्याङका मुला’,‘दुवै हातमा लड्डु’,‘कुर्सीको जय होस्,’‘भालुलाई पुराण’,‘चोरको खुट्टा काट्’,‘आफ्नो हात जगन्नाथ’, लगायत कृति प्रकाशित छन् ।

प्रतिक्रिया