अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

टी–२० विश्व कपमा पाकिस्तानकाे पहिलाे जित

बिआरटीनेपाल २०७९ कार्तिक १३ गते ६:०२ मा प्रकाशित

आईसीसी टी–२० विश्व कप क्रिकेटमा पाकिस्तानले नेदरल्यान्ड्सलाई हराएकाे छ । पर्थमा भएकाे खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई छ विकेटले हरायाे ।नेदरल्यान्ड्सले दिएकाे ९२ रनकाे सामान्य लक्ष्य पाकिस्तानले १३ ओभर ५ बलमा चार विकेट गुमाएर भेटायाे । उसका माेहम्मद रिनवाले ४९ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका ब्रान्डन ग्लाेभरले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेकाे नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर ९१ रन बनायाे । उसका काेलिन एकरम्यानले २७ रन बनाए । बलिङतर्फ पाकिस्तानका शदाब खानले तीन र माेहम्मद वसिमले दुई विकेट लिए ।

याे पाकिस्तानको प्रतियाेगितामा पहिलाे जितमात्र हाेइन, याे अस्ट्रेलियामा पहिलाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जित पनि हाे । पाकिस्तान तीन खेलमा दुई अङ्कसहित समूह ‘२’ काे तालिकाकाे पाँचाैँ स्थानमा छ । उति नै खेल खेलेकाे नेदरल्यान्ड्स भने अङ्कविहीन हुँदै पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू