अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४० | Colorodo: 14:55

टी–ट्वन्टी विश्वकप क्रिकेट : जिम्बाबेद्वारा पाकिस्तान पराजित

बिआरटीनेपाल २०७९ कार्तिक ११ गते २:५५ मा प्रकाशित

आईसीसी टी–ट्वन्टी विश्वकप क्रिकेटमा पाकिस्तान लगातार दोस्रो खेलमा पराजित भएको छ । पहिलो खेलमा भारतसँग हारेको पाकिस्तानलाई बिहीबार राती जिम्बाबेले हराएको हो । बिहीबार साँझ पर्थमा भएको रोमाञ्चक खेलमा जिम्बाब्वेसँग पाकिस्तान १ रनले पराजित भयो ।टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन जोड्यो । जवाफमा १३१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो ।

जितसँगै जिम्बाब्वेले दुई खेलबाट ३ अंक जोडेको छ । समूह २ मा रहेको जिम्बाब्वे तेस्रो स्थानमा छ । लगातार दोस्रो हार बेहोरेको पाकिस्तान पाँचौँ स्थानमा छ ।बिहीबार नै भएको अर्को खेलमा नेदरल्याण्ड्सलाई ५६ रनले हराउँदै भारतले प्रतियोगितामा दोस्रो जित दर्ता ग¥यो । सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ७९ रन बनायो ।

जवाफमा १८० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रन मात्र बनाउन सक्यो । बिहीबारको पहिलो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १ सय ४ रनले हराएको थियो ।विश्वकप टि–ट्वेन्टी क्रिकेटमा शुक्रबार दुई खेल हुनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू