अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 16:20

टी–२० विश्व कप : भारतले नेदरल्यान्ड्सलाई ५६ रनले हरायाे

बिआरटीनेपाल २०७९ कार्तिक १० गते ४:४७ मा प्रकाशित

आईसीसी टी–२० विश्व कपमा भारतले नेदरल्यान्ड्सलाई हराएकाे छ । सिड्नी क्रिकेट मैदानमा भएकाे खेलमा भारतले नेदरल्यान्ड्सलाई ५६ रनले हरायाे । भारतले दिएकाे एक सय ८० रनकाे लक्ष्य पछ्याएकाे नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय २३ रनमात्र बनाउन सक्याे । उसका टिम प्रिङ्गलले २० र काेलिन एकरम्यानले १७ रन बनाए । बलिङतर्फ भारतका भुवनेश्वर कुमार, अर्शदीप सिंह, अक्षर पटेल र रविचन्द्रन अश्विनले दुई/दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर एक सय ७९ रन बनायाे । उसका विराट काेहलीले ६३, राेहित शर्माले ५३ र सूर्यकुमार यादवले ५१ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका फ्रेड क्लासेन र भान मीकिरेनले एक/एक विकेट लिए । याे जितसँगै भारत चार अङ्कसहित समूह २ काे शीर्ष स्थानमा उक्लिएकाे छ । नेदरल्यान्ड्सले भने अङ्क जाेड्न सकेकाे छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू