अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

टी–२० विश्वकप क्रिकेट : आज समूह ‘बी’ का तीन खेलमा बंगलादेश, भारत, पाकिस्तानलगायतको खेल

बिआरटीनेपाल २०७९ कार्तिक ९ गते २१:४० मा प्रकाशित

आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज तीन वटा खेल हुँदैछन् । आज समूह ‘बी’ मा रहेका बंगलादेश, दक्षिण अफ्रिका, भारत, नेदरल्यान्डस्, पाकिस्तान, जिम्बाबेको खेल रहेको छ ।आजको पहिलो खेलमा बंगलादेश र दक्षिण अफ्रिका बिहान पौने ९ बजे सिड्नीमा खेल्दैछन् । त्यस्तै दोस्रो खेलमा पौने १ बजे सिड्नीमै भारत र नेदरल्यान्डस्बिच खेल हुँदैछ ।

आज हुने तेस्रो खेलमा पाकिस्तान र जिम्बाबे पर्थमा दिउँसो पौने पाँच बजे खेल्दैछन् ।अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । सुपर १२ को समूह ‘ए’ मा न्युजिल्यान्ड २ खेलमा ३ अंकका साथ शीर्ष स्थानमा छ ।

श्रीलंका, इंग्ल्यान्ड, आयरल्यान्ड र अष्ट्रेलियाले एक खेलमा जित र एक खेलमा हारका साथ २/२ अंक जोडेका छन् । नेटरनरेटको कारण श्रीलंका दोस्रो, इंग्ल्यान्ड तेस्रो, आयरल्यान्ड चौथो र अष्ट्रेलिया पाँचौं स्थानमा छन् । अफगानिस्तान २ खेलमा १ अंकका साथ पुछारमा छ ।सुपर १२ को समूह ‘बी’ मा बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा छ । दुवै टोलीको समान २ अंक भए पनि नेटरनरेटमा बंगलादेश अघि छ ।

दक्षिण अफ्रिका र जिम्बावे १/१ अंकका साथ तेस्रो र चौथो स्थानमा छन् । यी दुई देशबीचको खेल वर्षाको कारण रद्ध भएको थियो । पाकिस्तान र नेदरल्यान्ड्स भने अंकविहीन छन् । पाकिस्तान भारतसँग पराजित भएको थियो । हरेक समूहबाट शीर्ष दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल नोभेम्बर १३ मा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू