अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५४ | Colorodo: 14:09

न्युजिल्यान्ड र अफगानिस्तानबीचकाे खेल रद्द, दुवै टाेलीले १–१ अङ्क बाँडे

बिआरटीनेपाल २०७९ कार्तिक ९ गते ७:०३ मा प्रकाशित

आईसीसी टी-२० विश्व कप क्रिकेटमा न्युजिल्यान्ड र अफगानिस्तानबीचकाे खेल रद्द भएकाे छ । मेलबर्न क्रिकेट मैदानमा भारी वर्षाका कारण यी दुईबीचकाे खेल रद्द भएकाे हाे । खेल रद्द भएसँगै दुवै टाेलीले एक/एक अङ्क बाँडेका छन् ।

याेसँगै समूह ‘१’ मा रहेकाे न्युजिल्यान्ड दुई खेलमा तीन अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । उति नै खेल खेलेकाे अफगानिस्तान एक अङ्कसहित पुछारमा छ । यसअघि आजै भएकाे पहिलाे खेल वर्षाले प्रभावित भएपछि डकवर्थ लुइस नियमका आधारमा आयरल्यान्डले इङ्ग्लयान्डलाई पाँच रनले हराएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू