अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५ | Colorodo: 01:40

च्याम्पियन्स लिग : युभेन्ट्स समूह चरणबाटै बाहिरियो, पिएसजी, बेन्फिका, चेल्सी अन्तिम १६ मा

बिआरटीनेपाल २०७९ कार्तिक ९ गते ०:१७ मा प्रकाशित

च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्स समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा बेन्फिकासँग ४–३ गोलले पराजित भयो ।युभेन्ट्स एक खेल बाँकी रहँदै बाहिरिन पुगेको हो । युभेन्ट्स रहेको समूह ‘एच’ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र बेन्फिका अन्तिम १६ मा पुगेका छन् ।मक्कबी हाइफालाई ७–२ गोलको फराकिलो अन्तरले हराउँदै पिएसजी नकआउट चरणमा पुग्यो । पिएसजीको जितमा लिओनेल मेस्सी र केलियन एमबाप्पे समान दुई तथा कार्लोस सोलेर र नेयमारले एक/एक गोल गरे ।

पिएसजीले एक गोल आत्मघाती उपहार पायो । समान ५ खेलमा पिएसजी र बेन्फिकाको समान ११ अंक छ ।अर्को खेलमा इंग्लिस क्लब चेल्सी अन्तिम १६ मा पुगेको छ । आरबी साल्जबर्गलाई २–१ गोलले हराउँदै चेल्सी नकआउट चरणमा पुग्न सफल भयो । चेल्सीले समूह ‘ई’ मा ५ खेल खेल्दै १० अंक जोडेको छ । दोस्रो स्थानको साल्जबर्गको ६ अंक छ ।त्यस्तै च्याम्पियन्स लिगको समूह ‘एफ’ को खेलमा रियल म्याड्रिड आरबी लाइप्जीगसँग पराजित भएको छ । आरबी लाइप्जीगले रियललाई ३–२ गोलले हरायो ।

यस समूहको अर्को खेलमा सेल्टिक र शाख्तर डोनेस्कले १–१ गोलको बराबरी खेलेका छन् ।अंक तालिकामा रियल ५ खेलमा १० अंकसहित शीर्ष स्थानमा छ । लाइप्जीगको ५ खेलमा ९ अंक र शाख्तरको ५ खेलमा ६ अंक छ । सेल्टिक समूह चरणबाट बाहिरिसकेको छ । समूह ‘जी’ को खेलमा म्यानचेस्टर सिटी र बोरुसीया डर्टमुन्डले गोररहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू