अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्यामले बर्नमाउथलाई २–० गोलले हरायो

बिआरटीनेपाल २०७९ कार्तिक ८ गते ५:१० मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्यामले बर्नमाउथलाई हराएको छ । घरेलु मैदान लण्डनमा राति भएको खेलमा वेस्टह्यामले बर्नमाउथलाई २–० गोलले हरायो ।वेस्टह्यामले खेलको पहिलो र दोस्रो हाफमा एक/एक गोल गर्यो । खेलको ४५ औँ मिनेटमा कर्ट जुमाको गोलबाट अग्रता लिएको वेस्टह्यामका लागि खेलको अतिरिक्त समय ९२ औँ मिनेटमा सेड बेनरह्माले पेनाल्टीमा गोल गरे ।

जितसँगै वेस्टह्यामको १२ खेलमा १४ अंक भएको छ । वेस्टह्याम अंकतालिकाको १० औँ स्थानमा उक्लिएको छ । पराजित बर्नमाउथ समान खेलमा १३ अंकका साथ १४ औँ स्थानमा रहेको छ । प्रिमियर लिगमा आर्सनल ११ खेलमा २८ अंकका साथ शीर्ष स्थानमा कायमै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू