अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 18:00

टि–ट्वन्टी विश्वकप : दक्षिण अफ्रिका र जिम्बाबेको खेल वर्षाका कारण स्थगित

बिआरटीनेपाल २०७९ कार्तिक ८ गते ५:०७ मा प्रकाशित

अष्ट्रेलियामा जारी टी–ट्वन्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र जिम्बाबेको खेल वर्षाले बिथोलिएको छ । होबर्टमा लगातार वर्षा भएपछि खेल ९ ओभरमा छोट्याइएको थियो । पहिले व्याटिङ गरेको जिम्बाबेले निर्धारित ९ ओभरमा ५ विकेट गुमाएर ७९ रन बनायो । जवाफमा दक्षिण अफ्रिकाले ३ ओभरमा विना कुनै विकेटको नोक्सानीमा ५१ रन जोडेको अवस्थामा फेरी वर्षा भएपछि खेल रोकियो ।

दक्षिण अफ्रिकाका लागि क्वीन्टन डे ककले विष्फोटक व्याटिङ गर्दै १८ बलमा ४७ रन जोडेको थिए । खेल बिथोलिएपछि दुवै टोलीले एक एक अंक बाँडेका छन् । आइतबारको पहिलो खेलमा नेदरल्याण्डलाई ९ रनले पराजित गर्दै बंगलादेशले सुपर १२ को चरणमा पहिलो जित हात पारेको छ ।

बंगलादेशले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले अन्तिम बलमा अलआउट हुँदै १ सय ३५ रन मात्र बनाउन सक्योविश्वकप टि ट्वेन्टी क्रिकेटमा आज अष्ट्रेलिया र श्रीलंका भिड्नेछन् । प्रथम हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ५ बजे सुरू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू