अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१५ | Colorodo: 21:30

बर्डवाइजर मेलोडी कन्सर्टमा मेलिनाको धमाका

बिआरटीनेपाल २०७९ कार्तिक ४ गते १५:१३ मा प्रकाशित

धरान । दसैँ -तिहारको बिचको समय पारी आयोजना गरिएको चर्चित गायक गायिकाहरू सम्मिलित बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ गत असोज २९ गते शनिवार धरानको पब्लिक हाई स्कुलको मैदानमा भव्य रूपमा सम्पन्न भएको छ।

उक्त कन्सर्टमा अहिलेकी सर्वाधिक व्यस्त गायिका मेलिना राईसँगै धरानबाट उदाएका चर्चित गायक डिल्ली फोम्बो,गायिका सुनिता थेगिम ,गायक शुक्रराज लिम्बु, धरानको ब्यान्ड तपस्वी ब्याण्ड , र भोइस अफ नेपाल चौथो सिजनकी प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुको समेत प्रस्तुति दिएकी थिइन । गायिका मेलीना राईले कम्मरमाथि पटुकी, कुटुमा कुटु , शिरैमा शिरबन्दी, असारे महिना, एक कान दुई कान मैदान , माया बिरानी , तिमीले बाटो फेर्‍यो हरे,नाच फिरिरि,कसरी–कसरी ,रातो टिका निधारमा जस्ता आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई मनोरञ्जन दिँदै कन्सर्टलाई समापन गरेका थिए । उनको नृत्य सँगै गीत प्रस्तुतिमा दर्शकहरूले उत्तिकै आनन्द लिएको देखिन्थ्यो त्यस्तै डिल्ली फोम्बोले तिम्रो लागि, माइली, तिम्रो सुन्दरता ,म माया लाउँदिन,आउँछु म भनेर , कलिलो तामालाई लगायतका गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई आफ्नो भरपुर प्रतिभा प्रदर्शन गरेका थिए। उनलाई धरानको लोकप्रिय तपस्वी ब्यान्डले साथ दिएका थिए ।

त्यसै गरी सुनिता थेगीमले बिनायो कंगकंग लोकगीत सँगै बाबरी चलचित्रको हिट गीत चुलबुल चुलबुल तिम्रो बानी,आँखामा आउने सपनी र तिम्रो मुटु पनि लगायतका गीतहरू प्रस्तुत गरेका थिए भने अहिले चलिरहेको लोकप्रिय रियालिटी सो भोइस अफ नेपाल–४ कि चर्चित प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुले ” आजभोलि तिमीले हिडनेबाटो मोडयौ र हिउँदोको घाम जस्तै लगायतका गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन । गायक शुक्रराज लिम्बुले समेत आफ्नो चर्चित गीत तिम्रो कसम , मान्छे लगायतका गीतहरू प्रस्तुत गरेका थिए। सम्पूर्ण कलाकारहरूलाई विशेष अतिथि समाजसेवी तथा व्यवसायी त्रिभुवन लुङ्गफुङ्गवाले मायाको चिनो प्रदान गरेका थिए ।

एसपी इभेन्ट्स एंड इन्टरटेनमेन्टको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन सम्पन्न भएको उक्त कन्सर्टको मुख्य प्रायोजक बर्डवाइजर बियरसाथै सह – प्रायोजक रुस्लान भोड्का ,रेड्ब्लु इनर्जी ड्रिंक, डिभाईन वाइन,होटेल नवयुग,महेन्द्र एक्वा र विशेष सहयोग एनएच डीडी स्टुडियो हंगकंग र केन्द्र मोशन पिक्चर्सको रहेको थियो। सुन्दर साउन्ड सर्भिसको साउन्ड तथा लाइटले भब्यरुपमा सम्पन्न कार्यक्रम सञ्चालन गोबिन राज भण्डारी र ईक्सा मादेनले गरेका थिए ।

प्रतिक्रिया