अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

एकीकृत समाजवादीले बनायो १५०१ सदस्यीय निर्वाचन परिचालन समिति र सचिवालय

बिआरटीनेपाल २०७९ कार्तिक २ गते ७:०२ मा प्रकाशित

नेकपा एकीकृत समाजवादी पार्टीले अध्यक्ष माधव नेपालको नेतृत्वमा २५ सय एक सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।केन्द्रीय सचिवालयको बैठकले अध्यक्षको संयोजकत्वमा निर्वाचन परिचालन समिति र महासचिवको नेतृत्वका निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गर्ने निर्णय गरेको एकीकृत समाजावादीका महासचिव डा। बेदुराम भुसालले जानकारी दिनुभयो ।

केन्द्रीय निर्वाचन परिचालन समितिमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद, केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय परिषदका पदाधिकारी एवं सदस्यहरू र पार्टीको प्रदेश कमिटीका पदाधिकारी एवं जनवर्गीय संगठनका पदाधिकारी सदस्य रहने निर्णय भएको भुसालले जानकारी दिनुभयो ।

त्यसैगरी, महासचिव भुसालको नेतृत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन भएको छ । सचिवालयले निर्वाचन परिचालन तथा व्यवस्थापनका सम्बन्धमा तत्काल आवश्यक पर्ने निर्णयहरु गर्ने जिम्मेवारी तोकिएको भुसालको भनाई छ ।

 

प्रतिक्रिया