अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५३ | Colorodo: 03:08

विश्वप्रकाश शर्माद्वारा झापा–१ बाट उम्मेदवारी दर्ता

बिआरटीनेपाल २०७९ असोज २३ गते ७:०६ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर– १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आज आइतवार महामन्त्री शर्माले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झापा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो । प्रतिनिधि सभाको २०७४ को चुनावमा शर्मा यही क्षेत्रबाट पराजित हुनुभएको थियो ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री शर्माले आउँदाे चुनावमा जितका लागि आत्मविश्वासका साथ उम्मेदवारी दर्ता गरेको बताउनुभयो । उहाँले गठबन्धनको साझा मुद्दाका साथ आफू चुनावी मैदानमा आएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू