अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५५ | Colorodo: 11:10

पोखरा महानगरपालिकामा भूमिहीन सुकुम्बासीको घेराउ

बिआरटीनेपाल २०७९ साउन १० गते ७:०५ मा प्रकाशित

पोखराका भूमिहीन सुकुम्बासीले महानगरको कार्यालय घेराउ गरेका छन् । आफूहरूको बसिरहेको छाप्रो भत्काएको विरोधमा उनीहरूले मंगलवार महानगर कार्यालय घेराउ गरेका हुन् ।केही समयअघि पोखरा महानगरले ३३ नम्बर वडामा डोजर लगाएर छाप्रा भत्काएको थियो । ती छाप्राहरु अवैध रुपमा जग्गा पाउने आसले रातारात बनेको भन्दै भत्काइएको महानगरले जनाएको छ ।

अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले महानगरको कामप्रति विरोध जनाउँदै प्रदर्शन गरेको हो । संघका कास्की सचिव काजी गुरुङले मेयरको कार्यशैली विभेदपूर्ण भएको आरोप लगाउनुभयो । गरिखानेहरुको जग्गा जमिन महानगरले खोसेको उहाँको गुनासो थियो ।

प्रदर्शनकारीले जनताको समस्यामा गम्भीर हुन मेयर धनराज आचार्यको ध्यानाकर्षण गराएका थिए । पोखरा महानगरपालिकाले गत हप्ता पोखरा ३३ दुई पिप्लेस्थित सुकुम्बासी बस्तीमा निर्मित अस्थायी टहराहरू बल प्रयोग गरी हटाएको थियो । अहिले कास्कीमा पनि बास्तविक सुकुम्बासीलाई जग्गा वितरणको लागि तयारी अन्तिम चरणमा पुगेको छ । यही मौका छोपेर ठाउँठाउँमा नयाँ बस्तीहरु बस्न थालेका छन् ।

प्रतिक्रिया