अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४९ | Colorodo: 11:04

वामदेव गौतमको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता

बिआरटीनेपाल २०७९ साउन १० गते ७:०० मा प्रकाशित

वामदेव गौतमको संयोजकत्वमा घोषणा भएको नेकपा (एकता राष्ट्रिय अभियान) दल निर्वाचन आयोगमा दर्ता भएको छ।दलको दर्ता प्रक्रिया सम्पन्न भएको पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिनुभयो ।

दल दर्ताका लागि पार्टीका केन्द्रीय सदस्यहरु सनाखतका लागि सोमबार दिउँसो आयोग पुगेका थिए। दलको नाम नेकपा (एकता राष्ट्रिय अभियान) र चुनाव चिह्न ‘धानको बाला’ राखिएको छ। चन्द्र आकारको गोलाकारभित्र झुलेको धानको बाला राखिएको पाण्डेले बताउनुभयो । तर दल दर्ताको प्रमाणपत्र भने आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । गौतमको संयोजकत्वमा गत १४ असारमा राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीको घोषणा गरिएको थियो ।

दल दर्ता प्रक्रियासँगै नेता गौतमले पछिल्लो समय नेपालका वामपन्थी दलहरुलाई एकीकृत गर्ने अभियान समेत शुरु गर्नुभएको छ । यसबीचमा उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुसँग भेटघाट गर्नुभएको छ ।

प्रतिक्रिया