अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०१ | Colorodo: 11:16

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति मंसिर ४ गते तोक्न सकिन्छ : थपलिया

बिआरटीनेपाल २०७९ साउन १० गते ६:४१ मा प्रकाशित

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते गर्नेगरी मन्त्रिपरिषद्ले निर्णय गर्ने बताएको छ ।

स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन परिणाम तथा निर्वाचन खर्च सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्रिपरिषद्को आगामी बैठकले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गर्ने बताउनुभयो ।

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचन एकै चरणमा गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया