अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४ | Colorodo: 11:29

स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त

बिआरटीनेपाल २०७९ साउन १० गते ६:३२ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त गर्नुभएको हो ।

स्पेनका लागि शर्मिला पराजुली ढकाल, रुसका लागि मिलनराज तुलाधर र डेनमार्कका लागि प्राध्यापक डाक्टर रामस्वार्थ रायलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तै भारतका लागि नेपाली राजदूत रहनुभएका डाक्टर शंकरप्रसाद शर्मा भुटानका लागि गैरआवासीय राजदूतमा नियुक्त हुनुभएको छ ।

प्रतिक्रिया