अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५७ | Colorodo: 08:12

नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार : एस जयशंकर

बिआरटीनेपाल २०७९ असार ३२ गते ५:५५ मा प्रकाशित

भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ । नयाँ दिल्लीमा भएको भेटवार्तामा दुई देशको सम्बन्धका विविध विषयमा छलफल भएको छ । भेटवार्तापछि ट्वीट गर्दै विदेशमन्त्री जयशंकरले प्रचण्डलाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै छलफल फलदायी भएको बताउनुभएको छ । उहाँले आर्थिक सहकार्यमा केन्द्रित भएर छलफल भएको पनि जानकारी दिनुभएको छ ।

छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहने पनि भारतीय विदेशमन्त्री जयशंकरले उल्लेख गर्नुभएको छ । हिजो भारत जानुभएका प्रचण्डले आजै भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । आजै नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा भएको पत्रकार सम्मेलनमा प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताउनुभएको छ । उहाँले झण्डै तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको दोहोर्‍याउनुभएकाे छ ।

प्रतिक्रिया