अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 06:07

फ्रान्स महिला युरो २०२२ को क्वाटरफाइनलमा प्रवेश

बिआरटीनेपाल २०७९ असार ३२ गते ३:२८ मा प्रकाशित

बेल्जियमलाई पराजित गर्दै फ्रान्स महिला युरो २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।शुक्रबार राति रोथर्हामस्थित न्युवर्क स्टेडियममा बेल्जियमलाई २–१ अन्तरले पराजित गर्दै फ्रान्स समूह ‘डी’ को विजेता रूपमा अन्तिम आठौं स्थान बनाउन सफल भएको हो । अघिल्लो खेलमा इटालीलाई ५–१ अन्तरले पराजित गरेको फ्रान्स लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।

खेलमा अग्रता लिएका फ्रान्सका काडिदिआटोउ डिआनीले छैटौं मिनेटमा गोल गरेकी हुन् । बेल्जियमकी कायमानले ३६औं मिनेटमा गोल गर्दा खेल १–१ को अवस्थामा बढेकाे हाे । तर, पहिलो हाफ सकिन ४ मिनेट अघि एमबोक बाथीले गोल गरेपछि फ्रान्स विजयी भएकाे हाे ।

समूहमा फ्रान्सको दुई खेलबाट ६ अंक रहेकाे छ । समान दुई खेल खेलेका आइसल्यान्डको दुई अंक तथा बेल्जियम र इटालीको समान एक अंक रहेकाे छ । शुक्रबार राति नै भएको खेलमा इटाली र आइसल्यान्डले १–१ अन्तरको बराबरी खेलेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू