अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४७ | Colorodo: 19:02

यात्राक्रम

युवराज मैनाली २०७९ असार ३० गते २०:२९ मा प्रकाशित

लघुकथा

प्रकोपीलाई छैन अहिलेसम्म टहरा
चढ्ने रहर पापीलाई धरहरा !

टेम्पो चालकलाई कुन्नि के मुड चलेछ, उनको गुनगुनाई सुनेर कताकता पुगेको म झ्यास्स भएँ । विकासे झ्याङ चढिरहेको म मान्छे झ्याङमा झ्याम्म जाकिएँ, ट्वाँ परेर पहिले चालकलाई हेरेँ अनि बाहिर नजर डुलाएँ । म त धरहराको शिरैमा पुगिसकेको रहेछु, पुग्नु थियो सोह«खुट्टे । अनुमान लगाएँ धरहरा देखेर अनायसै उस्मा यो फुरेको होला यस्मै कट् भएर मैले उस्मा देवकोटा खोज्न पुगेँ तर भेट्टाउन सक्दै सकिन । तर सम्झेँ ठुटे धरहराले अर्को ठिमा पो जन्माउन पुगेको रहेछ । यो पुरुषार्थ चैँ बोकेको रहेछ । उस्मा प्रजनन क्षमता बाँचेकै रहेछ । यसैमा सलाम ठोकेँ धरहरालाई पनि चालकलाई पनि ।