अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७ | Colorodo: 04:42

‘पोल्ने हिउँ’को लोकार्पण तथा पुस्तकचर्चा कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७९ जेठ ८ गते ९:३२ मा प्रकाशित

डेनभर, कोलोराडो । साहित्यकार प्रमीला शर्माको नयाँ कथासंग्रह “पोल्ने हिउँ” को हिजो एक समारोहको बिच लोकार्पण तथा पुस्तकचर्चा गर्ने कार्यक्रम सम्पन्न भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाको आयोजनामा भएको यस कार्यक्रममा समाजका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूको हातबाट पुस्तकको लोकार्पण गरिएको थियो । पुस्तकको लोकार्पण सुरु हुनु अघि अनेसास, बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्मा, अनेसास, कोलोराडो शाखाका अध्यक्ष राजु सिटौला तथा अग्रज सामाजिक अभियन्ता सुगन्धा अर्यालले खादा, पुष्प गुच्छा तथा पुष्प मालाले पुस्तकको लेखिका प्रमीला शर्माको अभिनन्दन गर्नुभएको थियो ।

पुस्तक लोकार्पण कार्यक्रममा भाग लिनुहुनेहरुमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्मा, अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौला, सामाजिक तथा राजनैतिक अभियन्ता धर्मराज श्रेष्ठ, अग्रज सामाजिक अभियन्ता सुगन्धा अर्याल, नेपाल रेडक्रसका निवृत्त कार्यकारी निर्देशक पुष्पराज पौडेल, ग्लोबल भुटनिज कम्युनिटी कोलोराडोका अध्यक्ष सोम बराल, सामाजिक अभियन्ता संगीता श्रोत्रिय, विश्वकिर्तिमानधारी उल्टो साइकल यात्री बिरेश दाहाल हुनुहुन्थ्यो ।

कार्यक्रममा अनेसास, बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्माले पुस्तकको लेखिका साहित्यकार प्रमीला शर्माको परिचय गराउनुभएको थियो भने डा. भीमप्रकाश कट्टेलले पुस्तकमाथि आफ्नो समालोचकीय मन्तव्य व्यक्त गर्नुभएको थियो । यसै गरी सिस्टर्स ग्रुप (दिदीबहिनी समूह) का संयोजक धन पौडेलले महिला विषयक दृष्टिबाट पुस्तकको विवेचना प्रस्तुत गर्नुभएको थियो । अनेसास, कोलोराडो शाखाको कार्यसमिति सदस्य कपिलदेव सुबेदीले पाठकीय दृष्टिबाट पुस्तकको विवेचना प्रस्तुत गर्नुभएको थियो । पुस्तकको लेखिका साहित्यकार प्रमीला शर्माले लेखकीय मन्तव्य व्यक्त गर्दै पुस्तक लेख्नको लागि आफूलाई प्रेरणा दिने र सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । पुस्तकको सम्बन्धमा दर्शक दीर्घाबाट प्राप्त भएका प्रश्नहरूको जवाफ दिने क्रममा वहाँले अनेसास, कोलोराडो शाखाको सचिव लाल चौलागाइ तथा साहित्यकार ज्ञानेन्द्र काफ्लेले सोध्नुभएको प्रश्नहरूको जवाफ दिनुभएको थियो । 

त्यस अवसरमा गजलकार भूपेन्द्र महत तथा छन्द कवि देव भट्टराईले आफ्नो आफ्नो रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा संस्थाको प्रतिनिधित्व गर्दै सहभागी हुनुहुनेहरुमा रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष टिका पौडेल, नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकाल, एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्त, ग्लोबल भुटनिज कम्युनिटी कोलोराडो च्याप्टरका अध्यक्ष सोम बराल, सिष्टर्स ग्रुप कोलोराडोको संयोजक धन पौडेल, कोलोराडो नेवा: खल:का महासचिव मनोजकाजी तुलाधर हुनुहुन्थ्यो । यसै गरी अनेसास ट्रस्टी सदस्य विजयराज शर्मा, अनेसास, कोलोराडो शाखाको पूर्व उपाध्यक्ष मिना पौडेल, नायक नवराज श्रेष्ठ, नेपाली घरका पूर्व अध्यक्ष लछुमन राना, कलाकार तथा साहित्यकार निर्मल प्याकुरेलको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन अनेसास, कोलोराडो शाखा महासचिव किरण अधिकारीले गर्नुभएको थियो भने आउनुभएका आगन्तुकहरुलाई स्वागत गर्न अनेसास, कोलोराडो शाखाको उपाध्यक्ष सम्झना आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो । अनेसास, कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण बिआरटीनेपाल डट कमको फेसबुक पेजबाट भएको थियो भने फोटोग्राफरद्वय भरतकुमार श्रेष्ठ र अनित अधिकारीले फोटो लिनुभएको थियो ।

प्रत्यक्ष प्रसारणको भिडियो:

प्रतिक्रिया