अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०८ | Colorodo: 00:23

सत्यराज आचार्यको “सानी” सार्वजनिक

सुवास प्रधान २०७९ वैशाख ३ गते १४:४९ मा प्रकाशित

देव गहतराजको प्रस्तुतिमा “सानी र्याँई र्याँई र्याँई” बोलको गीत सार्वजनिक भएको छ । उनैको लेखन र सङ्गीत समेत रहेको यस गीतमा प्रसिद्ध गायक तथा सङ्गीतकार सत्यराज आचार्य र अर्की चर्चित गायिका मिलन नेवारले आवाज भरेका छन् । नयाँ वर्ष २०७९ का प्रथम दिनको अवसर पारेर यो गीतलाई रिलिज गरिएको छ । यस गीतलाई गोपाल रसाइलीले सङ्गीत संयोजन गरेका हुन् । यसको रेकर्डिङ किरण बि. क. र कमल थापाले गरेका हुन् भने मिक्सिङ्ग अनि मास्टरिङ्ग चाहिँ श्याम श्वेत रसाइलीले गरेका छन् ।

लोक शैलीमा आधारित डान्सिङ प्याटर्नकाे गीतलाई म्युजिक भिडियो सहित तयार पारिएको छ । जसलाई चर्चित काेरियाेग्राफर कविराज गहतराजले निर्देशन गरेका हुन् । चर्चित गायक तथा अभिनेता प्रकाश सपूत र अर्की चर्चित नायिका आँचल शर्माले अभिनय गरेका छन् । सौरभ लामाको छायाङ्कन अनि अर्जुन जी. सी. काे सम्पादन रहेको भिडियोको रङ्ग संयोजन रेनिश फागाेले गरेका छन् ।भिडियोलाई सत्य~स्वरूप युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया