अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१९ | Colorodo: 14:34

एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भोलिबाट

बिआरटीनेपाल २०७९ वैशाख १ गते ७:४५ मा प्रकाशित

एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भोलिबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली टोलीले दशरथ रङ्गशालामा भोलिबाट सुरु गर्ने जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ जना खेलाडीलाई बोलाउनुभएको छ । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् । छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

किरण कुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्ति मगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ, विशाल राईलाई प्रशिक्षणमा डाकिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू