अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४६ | Colorodo: 22:01

म्यानचेस्टर सिटी र लिभरपुल सेमिफाइनलमा

बिआरटीनेपाल २०७९ वैशाख १ गते ७:२१ मा प्रकाशित

इंग्लिस फुटबल क्लबहरु म्यानचेस्टर सिटी र लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सम्पन्न सेमिफाइनलको दोस्रो लेगको खेलमा स्पेनको एथ्लेटिको मड्रिडलाई गोलरहित बराबरीमा रोक्दै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा निकालेको १–० को जितको कारण सिटीले सेमिफाइनलमा स्थान पक्का गरेको हो।

एट्लेटिकोको मैदानमा भएको दोस्रो लेगमा भने दुवै टोलीले गोल गर्न सकेनन् । यसैगरी, पोर्चुगलको बेन्फिकामाथि समग्रमा ६–४ को जित निकाल्दै लिभरपुल पनि सेमिफाइनलमाप्रवेश गरेको हो । पहिलो लेगको खेल ३–१ ले जितेको लिभरपुलले सम्पन्न भएको दोस्रो लेगको खेलमा भने बेन्फिकासँग ३–३ गोलको बराबरी खेल्यो ।

सम्पन्न खेलहरुपछि युएफा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल समिकरण पुरा भएको छ । सेमिफाइनलमा लिभरपुलले स्पेनको भियारियालको सामना गर्नेछ भने सिटीको भिडन्त स्पेनकै रियल मड्रिडसँग हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू