अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 17:46

नेपाली क्रिकेट टिमका ऐरी टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा शीर्ष दशमा पर्न सफल

बिआरटीनेपाल २०७८ चैत ३० गते ८:१८ मा प्रकाशित

नेपाली क्रिकेट टिमका दिपेन्द्र सिंह ऐरी टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा शीर्ष दश भित्र पर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डरको वरीयतामा दिपेन्द्रले शीर्ष दशमा स्थान प्राप्त गर्नुभएको हो ।

दिपेन्द्रले गत महिना घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ द सिरिज घोषित हुनुभएको थियो । उहाँले मलेसिया र पपुवा न्युगिनी (पीएनजी) विरुद्धको सिरिजमा २ अर्धशतक र १ शतक प्रहार गर्नुभयो । यस्तै दिपेन्द्र टी–ट्वान्टी ब्याटिङ वरीयतामा ३८ औं स्थानमा रहनुभएको छ ।

ब्याटिङ वरीयतामा दिपेन्द्र भन्दाअघि ओपनर कुशल भुर्तेल ३६ औं स्थानमा रहनुभएको छ भने आसिफ शेख ९९ औं स्थानमा रहनुभएको छ । बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ३८ औं र अविनास बोहरा ८६ औं स्थानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू