अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४८ | Colorodo: 13:03

नेपाल अफगानिस्तानसँग पनि पराजित, प्रतियाेगिताभरि ३ गाेल गर्दा २४ गाेल बेहाेर्‍याे

बिआरटीनेपाल २०७८ चैत २९ गते ८:१२ मा प्रकाशित

एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल अफगानिस्तानसँग पराजित भएको छ । छनोटबाट बाहिरिसकेको नेपाल आज मङ्गलवार आफ्नो अन्तिम खेलमा अफगानस्तानसँग आठ–एक गोल अन्तरले पराजित भएको हो ।  किर्गिस्तानको बिश्केकमा भएको खेलमा अफगानिस्तानका लागि अब्दुल गाफरले ह्याट्रिक तथा हामिद रिजा, मोर्टाजा मोहमदी, अलि अमिरि, रिजा करिमि र सायद महदीले एक–एक गोल गरे । त्यस्तै नेपालका लागि एक मात्र गोल सुमित श्रेष्ठले गरे ।

छनोटअन्तर्गत नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग पाँच–एक गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग एघार–एक गाेल अन्तरले पराजित भएको थियो । एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताको समूह ‘बी’ मा रहेकाे नेपालले कुनै पनि खेल जित्न सकेन । नेपालले तीन गोल गर्दा २४ गोल बेहाेर्‍याे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू