अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

एएफसी फुटसल एसियन कप छनोटमा नेपालकोे लगातार दोस्रो पराजय

बिआरटीनेपाल २०७८ चैत २८ गते ७:४५ मा प्रकाशित

एएफसी फुटसल एसियन कप छनोटमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा आज भएको खेलमा ताजिकिस्तानसँग ११–१ गोल अन्तरले पराजित हुँदै नेपालले फराकिलो दोस्रो हार व्यहोरेको हो ।

नेपालले सुरुआती एक गोलको अग्रता बनाएपनि फराकिलो हार व्यहोरेको हो । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा लगातार गोल व्यहोरेको थियो । यस हारसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ ।

यस अघि पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ’बी’ मा रहेको नेपालले अब अन्तिम खेलमा अफगानिस्तानसँग भोली खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू