अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

एमाले कसैले पनि हराउन नसक्ने योद्धा, चुनावबाट फेरि सरकारमा आउँछ- अध्यक्ष ओली

बिआरटीनेपाल २०७८ फागुन ११ गते ७:०१ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताउनुभएको छ । अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको उल्लेख गर्दै चुनावको माध्यमबाट फेरि सरकारमा आउने दाबी समेत गर्नुभयो ।

आफ्नो ७१ औँ जन्मदिनको अवसर पारेर आज बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ रहेको पनि बताउनुभयो । अध्यक्ष ओलीले आफूहरूले केही जमिन छाड्दा सर्वोच्च अदालतका चार न्यायाधीशले पछार्न खोजेको आरोपसमेत लगाउनुभयो ।

अध्यक्ष ओलीले आफ्नो बाँकी जिन्दगी सम्पूर्ण रूपमा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता पनि दोहो¥याउनुभयो । त्यस अवसरमा उहाँले ७० वर्षको आफ्नो जीवनमा देश, जनता र पार्टीका नेता, कार्यकर्ताले ठूलो साथ दिएको भन्दै आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा ओलीले विभिन्न कार्यक्रममा व्यक्त गर्नुभएको विचारहरुको सङ्गालो ‘समवेत दृष्टि’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।

 

प्रतिक्रिया