अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२८ | Colorodo: 09:43

स्थानीय तहको निर्वाचनको तयारी गर्न प्रदेश कमिटीलाई माओवादी केन्द्रको निर्देशन

बिआरटीनेपाल २०७८ फागुन ९ गते ६:४५ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनको तयारी गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ । माओवादी केन्द्रले आज प्रदेश कमिटीहरुलाई परिपत्र गर्दै केन्द्रीय कमिटीको बैठकबाट विस्तृत योजना र कार्यक्रम नबन्दासम्म संगठनात्मक काम र स्थानीय तह निर्वाचनको तयारी गर्दै गर्न निर्देशन दिएको हो ।

माओवादी केन्द्रले एक वडामा न्यूनतम तीन टोल कमिटी गठन गर्न तथा सबै संगठित सदस्यहरूलाई पार्टी समितिमा ल्याउन निर्देशन दिएको छ । यस्तै प्रदेश कमिटीको बैठक राख्न, जिल्ला समन्वय समितिको बैठक फागुन १२ गतेसम्म बसेर सबैको कार्यविभाजन गर्न पनि माओवादीले निर्देशन दिएको छ ।

यस्तै निर्वाचनको तयारीका लागि पालिकाहरूमा निर्वाचन मुल परिचालन समिति बनाउनु पर्ने, गत निर्वाचनमा आएको मत परिणामको समिक्षा गर्नुपर्ने पनि अध्यक्ष प्रचण्डले पठाएको सर्कुलरमा उल्लेख छ । निर्वाचन आयोगले ३० वैशाखको लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै दलहरू त्यसको तयारीमा लागेका छन् ।

प्रतिक्रिया