अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 09:59

प्रतिनिधि सभाको अर्काे बैठक फागुन १२ गते बस्ने

बिआरटीनेपाल २०७८ फागुन ८ गते ७:४७ मा प्रकाशित

प्रतिनिधि सभाको बैठक फागुन १२ गतेसम्मका लागि स्थगित गरिएको छ । आइतबारको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा टेबुल भएपछि बैठक फागुन १२ गते बिहिबार बस्नेगरी स्थगित भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसदमा टेबुल गर्नुभएको थियो । संझौता टेबुल पछि सभामुख अग्निप्रसाद सापकोटाले आउँदो बिहिबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गर्नुभएको हो ।

प्रतिक्रिया