अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०३ | Colorodo: 10:18

राजेश पायल राई र रुक्सना लिम्बुको “चोरी भो” सार्वजनिक

बिआरटीनेपाल २०७८ फागुन २ गते १६:४५ मा प्रकाशित

धरान । पेमा देचेन तामाङपछि आफ्नो बाचा अनुरूप भ्वाइस अफ किड्स प्रतियोगिताको सेमिफाइनल सम्म पुगेकी अर्की गायिका रुक्सना लिम्बुसँग गायक राजेश पायल राईले “चोरी भो” बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक गरेका छन् ।

गायक राजेश पायल राईको आफ्नै सङ्गीत तथा प्रख्यात कवि तथा गीतकार राजन मुकारुङको शब्द रहेको “चोरी भो” गीतलाई यस अघि यही टिमले द भ्वाइसकी मेलिना मैनालीसँग रेकर्ड गरी तयार गरिएको चर्चित गीत चोरी भोको दोस्रो भागको रूपमा तयार गरेको हो । स्टुडियो किङ्गमा रेकर्ड गरिएको गीत राजु कार्कीको सङ्गीत संयोजनमा तयार भएको हो ।

गत शुक्रवार राजेश पायल राईको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको गीत कतार सँगै नेपालमा पनि ट्रेन्डीङ्गमा उक्लिरहेको छ । आफूले गीत ट्रेन्डीङ्ग र भ्युजको लागि नभई राम्रा प्रतिभाहरु र राम्रा गीत-सङ्गीत ल्याउने सानो प्रयास मात्र गरिरहेको बताउँदै गायक तथा सङ्गीतकार राई श्रोता-दर्शकहरूले गीत-सङ्गीत मन पराएपछि आफै भ्युज र ट्रेन्डीङ्गको भीडमा पस्ने बताए । राजेश पायल राई म्युजिक एकेडेमीको निर्माणमा यस्तै अन्य प्रतिभाहरु ल्याउने दृढता राईले व्यक्त गरे । गायक राईको रुक्सना लिम्बुसँगै अरू गीतहरू पनि आउने र भ्वाइस अफ किड्सको फाइनल राउन्डमा पुगेकी अर्की गायिका मिन्छामा राईसँग पनि नयाँ गीत आउने तयारी रहेको छ ।

म्युजिक भिडियो लिङ्क

प्रतिक्रिया