अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

तिमि र म घुम्न जाऊँ भन्दै नायक श्रेष्ठ र गायिका कार्की (भिडियो सहित)

बिआरटीनेपाल २०७८ माघ १ गते ११:०५ मा प्रकाशित

काठमाडौँ – अमेरिकाको क्यालिफोर्निया राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गायिका इसा कार्कीको नयाँ गीत ‘तिमि र म घुम्न जाऊँ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमधुर आवाजकी धनी लोकप्रिय गायिका इसा कार्कीले दर्जनौँ कर्णप्रिय गीतहरू नेपाली साङ्गीतिक बजारमा पस्किसकेकी छिन् । विदेशी भूमिमा बसेर पनि नेपाली गीत सङ्गीत, कला संस्कृति र साहित्यलाई अगाध माया गर्ने गायिका इसा दर्शक श्रोता माझ समेत उत्तिकै लोकप्रिय छिन । म्युजिक भिडियोलाई अमेरिकाको सुन्दर सहर सानफान्सिस्कोको वे एरिया र कोलोराडोमा आकर्षक ढङ्गले छायाङ्कन गरिएको छ ।

गीतमा शब्द, सङ्गीत तथा स्वर गायिका इसा कार्कीकोनै रहेको छ भने उनलाई स्वरमा गायक साजन लामाले साथ दिएका छन् । “तिमी र म घूम्न जाऊँ” मा अमेरिकामा बस्दै आएका नायक नवराज श्रेष्ठ र गायिका इशा कार्की फिचर्ड गरिएको छ भने भिडियोमा अन्य कलाकारहरू इरिना ठकुरी, रन्जु पाण्डे, अमृत जङ्ग कुँवर, रेसम लाल गौतम, जेम्स र पुरुषोत्तमले अभिनय गरेका छन् । छायाङ्कन, ड्रोन र सम्पादन रसोज श्रेष्ठको रहेको छ । सार्वजनिक म्युजिक भिडियोको निर्देशन नायक नवराज श्रेष्ठले गरेका हुन् भने म्युजिक भिडियोको परिकल्पना तथा छायाङ्कन व्यवस्थापन अमृत जङ्ग कुँवरले गरेका हुन ।

म्युजिक भिडियो:

प्रतिक्रिया