अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०० | Colorodo: 00:15

“थियौ तिमी दिलमा” गजलका सङ्गीतकार राजेश थापालाई सर्वोत्कृष्ट आधुनिक सङ्गीतकार सम्मान

बिआरटीनेपाल २०७८ भदौ २ गते ७:०० मा प्रकाशित

यस वर्षको बोष्टर मिडिया सर्वोत्कृष्ट आधुनिक सङ्गीतकार सम्मानबाट राजेश थापा सम्मानित भएका छन् । सङ्गीतकार थापालाई शनिवार राजधानी काठमान्डुमा आयोजित एक विशेष समारोह बिच सम्मान गरिएको हो ।

उनले बोष्टर मिडियाद्वारा राजधानीमा सम्पन्न ‘तेस्रो बोष्टर इन्टरटेन्मेन्ट अवार्ड २०२१’ बाट सुगम सङ्गीततर्फ सर्वोकृष्ट सङ्गीतकारको अवार्ड प्राप्त गरेका हुन । नेपाली सुगम सङ्गीतमा दुई दशक देखि क्रियाशील सङ्गीतकार राजेशलाई गजलकार डा ऋषि बस्ताकोटीको शब्द र गायक राज सिग्देलको आवाजमा रहेको ‘थियौ तिमी दिलमा’ बोलको गजलका लागि उत्कृष्ट सङ्गीतकारको सम्मान प्रदान गरिएको हो ।

आफूले उक्त सम्मान पाएकोमा खुसी व्यक्त गर्दै मन छुने शब्दमा सङ्गीत गर्न र साधनाले खारिएका गायकसँग सहकार्य गर्न पाएकोले यो उत्कृष्ट सिर्जना सम्भव भएको बताउँदै सङ्गीतकार थापाले रचनाकार र गायकप्रति कृतज्ञता व्यक्त गरेका छन् । साथै उनले सबै दर्शक श्रोताहरूको माया र साथले यो सफलता प्राप्त गर्न सम्भव भएको बताउर्दै उनले सबै प्रति विशेष आभार व्यक्त गरेका छन् । सङ्गीतकार थापाले यस अगाडि पनि निरन्तर सङ्गीत कर्म मार्फत कला र संस्कृतिको विकासमा योगदान पुर्‍याए बापत विभिन्न सङ्घ संस्था र विभिन्न निकायबाट सम्मानित भएका छन् । उनले सङ्गीत सिर्जना गरेका दर्जनौँ एकल एल्बम, संयुक्त एल्बम र थुप्रै चर्चित गीत सङ्गीत बजारमा उपलब्ध रहेका छन् ।

प्रतिक्रिया