अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 04:08

विष्णुबाबु देवकोटाका ४ मुक्तकहरू

बिआरटीनेपाल २०७८ साउन १९ गते १७:१५ मा प्रकाशित

१)
मान्छे मान्छे बिचमा मैले सम्मान भेटेको छैन
आँसु मात्रै पिउँछन् यहाँ मुस्कान भेटेको छैन
फगत ढुङ्गा मात्रै रै’छ जति पूजे पनि मूर्ति-
साँच्चै आज सम्म मैले भगवान् भेटेको छैन ।

२)
अमूल्य छौ, लाग्छ तिमीलाई मेरै दिलको हिरा भनूँ
कै’ले रगत कै’ले मुटु कै’ले लाग्छ शिरा भनूँ
जति घाम ढल्दै जान्छ त्यति चर्को याद आउँछौ-
आफैँ भन ! तिमीलाई अब मान्छे भनूँ कि मदिरा भनूँ ।

३)
छाती पोल्ने तिम्रो बचन राप भन्दा फरक छैन
मलाई दियौ जुन पिडा पाप भन्दा फरक छैन
जति रेट खुकुरी भई’ तिम्रो धार लुकाईदिन्छु-
साँच्चै अब यो मुटु ‘नि दाप भन्दा फरक छैन ।

४)
टिप्न खोजेँ मनको फूल विकटमा रहेछ
अरू नै कोही उनीसँग निकटमा रहेछ
सित्तैमा पाइन्छ लाग्थ्यो सबै माया यहाँ-
मलाई के था’ उनको माया टिकटमा रहेछ ।

विष्णुबाबु देवकोटा
भरतपुर_१३, चितवन

प्रतिक्रिया