अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५३ | Colorodo: 01:08

‘धुर्मुस–सुन्तली’ को चलचित्र ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७८ साउन १४ गते ३:०६ मा प्रकाशित

हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको चलचित्र ‘म त मर्छु कि क्या हो!’ को ट्रेलर सार्वजनिक भएको छ। चर्चित हाँस्य टेलि चलचित्र ‘मेरी बास्सै’ का मुख्य पात्र धुर्मुस सुन्तलीको ‘केमेस्ट्री’ लाई निरन्तरता दिँदै यो जोडीले टेलि चलचित्रकै पात्र धुर्मुस र सुन्तली पारिवारिक कथालाई चलचित्रमा प्रस्तुत गरेको छ।

यो चलचित्रलाई सिताराम कट्टेल ‘धुर्मुस’ ले निर्देशन गरेका छन् भने सिताराम कट्टेल र कुञ्जनाको लगानीमा चलचित्र निर्माण भएको हो ।चलचित्रमा सिताराम र कुञ्जनाका साथै बुद्धी तामाङ, विजय बराल, पल्पसा डंगोल (चम्सुरी), बालदीप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य, सुशिला थापा लगायतको अभिनय छ।

प्रतिक्रिया