अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

एनआरएनए अमेरिका अध्यक्षका प्रत्याशी बुद्धिसागर सुवेदीको अन्तरकृया कार्यक्रम कोलोराडोमा सम्पन्न

बिआरटीनेपाल २०७७ चैत ३० गते १२:४६ मा प्रकाशित

कोलोराडो, अमेरिका । एनआरएनए अमेरिकाको २०२१-२०२३ कार्यकालको लागि हुन गइरहेको निर्वाचनमा वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्याशी बुद्धिसागर सुवेदी लगायत अरू पदको उमेदवारहरु सहितको अन्तरकृया कार्यक्रम कोलोराडोको ब्रुमफिल्ड सहरमा कोलोराडोमा रहेका विभिन्न सङ्घ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति माझ सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा एनआरएनए कोलोराडो च्याप्टरका सभापति कुमार जङ कार्कीको सभापतित्व रहेको थियो । प्रमुख अतिथिमा नेपाल जनसम्पर्क समितिका उपाध्यक्ष धर्म श्रेष्ठ थिए भने एनआरएनए कोलोराडो च्याप्टरका महिला संयोजक दीपा भट्टराईले सबै उपस्थित अतिथिहरूलाई स्वागत गर्दै स्वागत मन्तव्य दिनु भएको थियो ।

कार्यक्रममा एनआरएनए कोलोराडो च्याप्टरका सचिव नवराज न्यौपानेले आफू अब एनआरएनए कोलोराडो च्याप्टरकाको अध्यक्षमा उठ्ने घोषणा गर्दै सम्पूर्ण कोलोराडोबासिलाई आफ्नो मत दिई विजयी बनाउन अनुरोध गरेका थिए भने वर्तमान एनआरएनए कोलोराडो च्याप्टरका बोर्ड मेम्बर गायिका रिमा गुरुङ हाडाले उपाध्यक्षमा र अर्जुन बगालेले सचिवमा घोषणा गरेका थिए । त्यसै गरी अर्का एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्षका प्रत्याशी सिरिस कुँवरले पनि घोषणा गरेका थिए ।

कार्यक्रममा अध्यक्षका प्रत्याशी बुद्धिसागर सुवेदीले आफू २००३ मा डी भि लटरी मार्फत बाल्टिमोर आएको र पछि २००६ देखी विस्कन्सासमा व्यवसायमा लागेको साथै सानै देखी सामाजिक कार्यमा लागेको बताएका छन । साथै विस्कन्समा नेपाली कला संस्कृति बचाउनु पर्छ भन्ने उद्देश्यले नेपाली संस्थाको स्थापना गरी सामाजिक सेवामा निरन्तरता र साथै एनआरएन च्याप्टरहरूलाई बलियो बनाउने, एनआरएनए अभियानमा अब युवा, महिला तथा विद्यार्थीहरूलाई प्राथमिकता दिने, अहिले रोकिएका दोहोरो नागरिकता विषय, टिपिएस् र असाइलम सम्बन्धी, एनआरएनए अमेरिकालाई समावेशी, पार्दिसता, गतिशील र सशक्त बनाउने र विभिन्न राज्यमा रहेका स्थानीय संघसंस्थाहरूसगँ समन्वय गर्दे कामहरू अगाडि बढाउँदै लैजाने कुरामा आफू कहिले पछि नपर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

एनआरएनए वर्तमान महासचिव तथा वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार बाबु राम (बि.आर) लामा, उपाध्यक्ष पदको उमेदवारहरु गोपेन्द्र भट्टराई, सुमन थापा, डिलुराम पराजुली, सुरेन्द्रप्रकाश मल्ल, वर्तमान एनआरएन न्युयोर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारी, महासचिव पदको उम्मेदवार अञ्जन चौलागाई, सचिव पदको उम्मेदवार अनुप खनाल, महिला सचिव पदको उम्मेदवार तारा मरहट्ठा, कोषाध्यक्ष पदको उम्मेदवार राजीव श्रेष्ठ, बोर्ड अफ डाइरेक्टर पदको उम्मेदवारहरु सन्तोष पहाडी, वर्तमान आइबा च्याप्टरका उपाध्यक्ष प्रदीप पौडेल, कोलोराडोका प्रेमकाजी श्रेष्ठ, राज ढुङ्गाना, आरसिसी पश्चिम क्षेत्रका उम्मेदवार देवराज ओलीले बुद्धि सागर सुवेदीलाई आफ्नो समर्थन दिँदै आ-आफ्नो उम्मेदवारी किन र केको लागि भन्दै आफ्नो समूहलाई अत्यधिक बहुमतले विजयी गराउन पनि आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाली घरका अध्यक्ष लछुमन राणा, अनेसास बोर्ड अफ ट्रस्टी उपाध्यक्ष पदम विश्वकर्मा, अनेसास पूर्व अध्यक्ष ज्ञानेन्द्र गदाल, सङ्खुवासभा समाज अध्यक्ष शान्ति श्रेष्ठले उम्मेदवारहरुलाई शुभकामना दिएका थिए । साथै एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टरकी उम्मेदवार साबु गदाल कार्कीले शुभकामना दिँदै उनलाई पनि निर्वाचनमा विजयी बनाउन अनुरोध गरेकी थिइन ।

कार्यक्रममा रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल अध्यक्ष विनोद त्रिपाठी, रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल पूर्व अध्यक्ष शरद आचार्य, नेपाली घरका उपाध्यक्ष जगादिश चन्द्र ढकाल, नेवा समाज उपाध्यक्ष श्याम श्रेष्ठ, सङ्खुवासभा अमेरिका जनसम्पर्क समिति अध्यक्ष विनोद गौली, ब्लड डोनर्स कोलोराडो अध्यक्ष श्रीराम लुइटेल, नायक नवराज श्रेष्ठ, समाजसेवी रमेश गुरुङ, कलाकार कृष्ण मुरारी ढुङेल तथा पत्रकार बुद्धिजीवी साथै अन्य विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल जनसम्पर्क समितिका उपाध्यक्ष धर्म श्रेष्ठले म बुद्धि सुबेदी समूहलाई समर्थन गर्दछु भनेर भनेका छन् । उनले हामी जनसम्पर्क समितिमा ३५ जना मध्ये २३ जनाले बुद्धि सुबेदी टिमलाई समर्थन गरेको छ भनेर भनेका छन् ।

अन्तमा कार्यक्रमका सभापति कुमार जङ कार्किले सम्पूर्ण आगन्तुक महानुभावलाई धन्यवाद दिँदै, प्रमुख अतिथि धर्म श्रेष्ठले बुद्धि सुबेदी टिमलाई समर्थन गरेकोमा खुसी व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको सञ्चालन सरिता गुरुङ र कोलोराडो च्याप्टर पूर्व अध्यक्ष तथा एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरका उम्मेदवार राज ढुङ्गानाले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू