अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४८ | Colorodo: 19:03

गायिका निशा देसारको ‘यो कस्तो प्रेम’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७७ पुष ६ गते ९:०५ मा प्रकाशित

काठमाडौँ, नेपाली चर्चित गायिका निशा देसारको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । विशेष गरी गजल गायन मार्फत चर्चामा आएकी निशाले यस पटक ‘यो कस्तो प्रेम’ बोलको गीत बजारमा ल्याएकी छन् । इन्जिनियर विष्णुप्रसाद पाण्डेको शब्द रचना र सुरेश गैरेको सङ्गीत रहेको उक्त गीतमा आफ्नो विश्वासिलो मायामाथि प्रेमीले धोका दिएपछिको अवस्थालाई उजागर गरिएको छ ।

गीतको भिडियोमा महेश वाग्ले, ममता अधिकारी र सोनिया जोशीले अभिनय गरेका छन् भने सुदिप पौडेलद्वारा निर्देशित भिडियोको सम्पादन सुवास अमगाइँले गरेका हुन् । सडक डिभिजन कार्यालय तनहुँमा कार्यरत गीतकार विष्णुप्रसाद पाण्डेको यो पहिलो गीत हो ।

प्रतिक्रिया