अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६ | Colorodo: 18:11

कोरोना कहर

रुन्द्र दाहाल २०७७ मंसिर २४ गते ९:४२ मा प्रकाशित

गीत

हलो जोत्ने खेतमा बहरले-२
सास्ती दियो कोरोना कहरले,
कस्तो आयो जमाना घरभित्रै लुकी बस्ने,
मान्छेदेखि मान्छे नै टाढा टाढा भाग्नु पर्ने ।।

लाखौँ लाखको ज्यान लियो भाइरसले-२
खुल्न अझै सकेन रहस्य,
कस्तो आयो जमाना घरभित्रै लुकी बस्ने,
मान्छेदेखि मान्छे नै टाढा टाढा भाग्नु पर्ने ।।

सतर्क रहौँ खेलाँची नगरौँ-२
कोरोनाको फन्दामा नपरौँ,
कस्तो आयो जमाना घरभित्रै लुकी बस्ने,
मान्छेदेखि मान्छे नै टाढा टाढा भाग्नु पर्ने ।।

भ्याक्सिनको हल्ला त आएको छ-२
टेक्नोलोजी फस्टाउँदै गाको छ,
कस्तो आयो जमाना घरभित्रै लुकी बस्ने,
मान्छेदेखि मान्छे नै टाढा टाढा भाग्नु पर्ने ।।

एकजुट भई कोरोना भगाऊँ-२
सबै मिली जनचेतना जगाऊँ,
कस्तो आयो जमाना घरभित्रै लुकी बस्ने,
मान्छेदेखि मान्छे नै टाढा टाढा भाग्नु पर्ने ।।

प्रतिक्रिया