अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२९ | Colorodo: 16:44

किन बाबा मलाई….?

रन्जु मार्ग २०७८ फागुन २५ गते १९:२२ मा प्रकाशित

बाल गीत:
किन बाबा मलाई सँगै लिई हिँड्नु हुन्न ?
किन आमा मलाई नजिक आई छुनु हुन्न ?

भाइ बहिनी सँगै हिड्छन हात समाई समाई
घिस्रिएर म पनि हिड्थ्थे रमाई रमाई
चल्दैन शरीर राम्रो तर मुटु चल्छ
पाइन साथ भने बाबा, झनै मन गल्छ।

कति बसुँ एकै ठाउँ अत्यास लागी सक्यो
दैव पनि निर्दयी भो संसार भागी सक्यो
नजिक आई ती हातले छोइदेऊ न शिर
लिइदिन्थे मैले आमा ,तिम्रा सारा पिर।।

#