अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 19:05

सपनाकी रानी

राकेश कार्की २०७८ वैशाख २७ गते १६:०४ मा प्रकाशित

गीत

सौन्दर्यकी बिहानी
रातकी चाँदनी
तिमी नै हो मेरी
सपनाकी रानी

खुसीको बाटोमा हेरिरहन्छु
घरको सजावट फेरिरहन्छु
छिट्टै आऊ तिमी
जिन्दगी बसाऊ
छिट्टै आऊ तिमी
जिन्दगी बसाऊ

जाडोमा न्यानो
ग्रीष्ममा पानी
तिमी नै हौ मेरी
सपनाकी रानी

बगैँचामा फूल फुलाइसकेँ
मायामा आफूलाई भुलाइसकेँ
छिट्टै आऊ तिमी
जिन्दगी बसाऊ
छिट्टै आऊ तिमी
जिन्दगी बसाऊ

छातीको मुटु
आँखाको नानी
तिमी नै हौ मेरी
सपनाकी रानी

सौन्दर्यकी बिहानी
रातकी चाँदनी
तिमी नै हो मेरी
सपनाकी रानी

लस एन्जलस