अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

थाहा छैन बग्ने कता …?

रन्जु मार्ग २०७७ असोज १९ गते २०:५७ मा प्रकाशित

गीत
बतासलाई खेदी रै’छन् मानिसको हुलले
थाहा छैन बग्ने कता ,कुवाको मूलले ?

रिस मात्र गरी रहन्छन, छिमेकीलाई हेरी
देखासिकी मात्रै गर्छन् जालझेल गरी
खराब बाटो हिडि रै’छन् मानिसको हूलले
थाहा छैन बग्ने कता कुवाको मूलले ?

खुसी छैनन् सुखी छैनन् शान्ति हराएको छ
एक्लो बन्दै टौवा माथि काग कराएको छ
बिर्सदैछन् साँचो जीवन मानिसको हूलले
थाहा छैन बग्ने कता कुवाको मूलले ?