अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४४ | Colorodo: 20:59

गीत

रन्जु मार्ग २०७८ कार्तिक २८ गते ८:१७ मा प्रकाशित

तिम्रो माया मात्रै माया मेरो माया मायै होइन
भन्छौ किन तिमी सधैँ मन भित्र मायै छैन।

तिमी दुख्दा म पनि सँगै दुखेको थिएँ
तिमी झुक्दा म पनि संगैं झुकेको थिएँ
मेरो दुख मेरो बेथा तिम्रो होइन भने
मैले मात्र कहिले सम्म झुकी मात्र रहने ?

माया भए तिम्रो मनमा मेरो कुरा बुझ्थ्यौ होला
आफ्ना सबै दुख लुकाई मेरो आँसु पुछ्थ्यौ होला
मेरो खुसी मेरो सुख तिम्रो होइन भने
मैले मात्र कहिले सम्म मन सिलाई रहने ?