अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१६ | Colorodo: 18:31

हल्ला रै’छ बजारमा…

रन्जु मार्ग २०७९ जेठ १२ गते १९:५६ मा प्रकाशित

गीत:
हल्ला रै’छ बजारमा तिमीले छोडेको
सँगै बाँच्ने वाचा कसम तिमीले तोडेको !

साक्षी बक्ने मान्छेहरू भेला गरयौ रे
वकिल राखी सबै सामु केरकार गरयौ रे
सास फेर्न गार्हॊ हुन्छ उनी बिना भन्थेउ
नपाए त मरी दिन्छु जिद्दी गरी रहन्थ्यौ

के कुरामा दूरी बढ्यो के कुरामा फाटो
मिलीजुली बस्नुपर्ने द्वन्दको साटो
मायामा नै यो संसार अडेको छ हेर
बनाउन गाह्रो हुन्छ ढल्न कति बेर ?