अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 22:16

मैले मरी रुँदा

रन्जु मार्ग २०७८ चैत १८ गते १७:०५ मा प्रकाशित

गीत
मेरो दुख सहरमा छताछुल्ल हुँदा
तिमी उत्सव मनाउनु मैले मरी रुँदा

हेर्नेहरूको भीड लाग्ला त्यो भीडमा हौली
सबै भन्दा खुसी हुने सायद एउटै तिमी हौली
मैले हात फिँजाई माग्दा पत्थर दिने तिमी हुँदा
तिमी उत्सव मनाउनु मैले मरी रुँदा

हाँस्नेहरू कति होलान् त्यो हाँसोमा तिमी हौली
सबै भन्दा खुसी हुने सायद एउटै तिमी हौली
मैले आँसु पुछी माग्दा हिलो छ्याप्ने तिमी हुँदा
तिमी उत्सव मनाउनु मैले मरी रुँदा