अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१९ | Colorodo: 03:34

केवल जन्मेको बिहेको मिति रहन्छ

राकेश कार्की २०७७ भदौ ५ गते ११:५२ मा प्रकाशित

गीत

केवल जन्मेको बिहेको मिति रहन्छ
जिन्दगी त यसरी नै बिती रहन्छ

नयाँ सहर नयाँ बस्ती जोडी हिँड्नु पर्छ
आफ्नै गाउँ प्यारो ठाउँ छोडी हिँड्नु पर्छ
केही आशाले मनलाई जितिरहन्छ
जिन्दगी त यसरी नै बिती रहन्छ

केवल जन्मेको बिहेको मिति रहन्छ
जिन्दगी त यसरी नै बिती रहन्छ

कति याद बनाइन्छ कति मेटिन्छ
कहिले दुःख लाग्छ कहीँ खुसी भेटिन्छ
समयसँगै अगि जाने थिति रहन्छ
जिन्दगी त यसरी नै बिती रहन्छ

केवल जन्मेको बिहेको मिति रहन्छ
जिन्दगी त यसरी नै बिती रहन्छ