अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१२ | Colorodo: 14:27

गायक स्वरूपराज आचार्यको मन छुने गायकीमा ‘नारी’ गीत सार्वजनिक

बिआरटीनेपाल २०७७ मंसिर ७ गते ८:३० मा प्रकाशित

काठमाडौँ । गायक तथा सङ्गीतकार स्वरूपराज आचार्यको नारी बोलको गीत सार्वजनिक भएको छ । शनिवार सत्य–स्वरूप इन्टरटेन्मेन्ट युट्युब एकाउन्टबाट गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

गायक स्वरूपराजले नारीको सम्मानका लागि यो गीत तयार पारिएको हो, उनले भने, आमा, भाउजू, दिदीबहिनी, माइजू, श्रीमती, काकी आदी विभिन्न नारीका सम्मानित रूपहरूको प्रतिनिधित्व गर्ने गीत नारीको विषयवस्तुले मलाई छोएको थियो ।

गीतको लेखिका चम्पा बस्नेत हुन भने सत्य–स्वरूपको सङ्गीत, सञ्जीव बराइलीको सङ्गीत संयोजन रहेको यो गीतको ध्वनि सम्पादन कुमार केसीले गरेका छन् ।

प्रतिक्रिया