अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 23:48

गायक सुरजकुमार थापाको नौ डाँडा पारी सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७७ कार्तिक २१ गते ९:२२ मा प्रकाशित

गायक सुरजकुमार थापाको “नौ डाँडा पारी” बोलको म्युजिक भिडियो युट्युबबाट सार्वजनिक भएको छ । उनलेले आफ्नो एल्बम चिनारीमा रहेको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

नेपाली आधुनिक गीतसङ्गीत क्षेत्रका वरिष्ठ गीतकार तथा कवि मञ्जुलद्वारा रचित उक्त गीतका सङ्गीतकार विनोद स्याङदेनले गरेका हुन । भिडियोमा गायक सुरजकुमार थापा र देवकी बोहराको अभिनय, धमेन महर्जनको छायाङ्कन, शिबु श्रेष्ठको सम्पादन तथा सन्तोष बस्नेतको परिकल्पना र निर्देशन रहको छ ।

गायक सुरजकुमार थापा र देवकी बोहराले यसै म्युजिक भिडियो मार्फत अभिनयमा डेब्यु पनि गरेका छन् । म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ ।

प्रतिक्रिया