अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

गजल

चित्रा पौड्याल २०७७ असोज ३ गते १०:३१ मा प्रकाशित

सेतो कञ्चन सिरानीमा राखौँ सधैँ शिर
सुसाइ राख मेची काली नेपाल रहोस् चीर

निरन्तर देख्छौ स्वयम्भू त्यही डाँडाबाट
धुरुधुरु रोयो न्याय कठै कसले हान्यो तिर

दिन दहाडै हस्तिनापुर वस्त्र हरिरहन्छ
लाज छोप्ने कृष्ण जस्तै पाइन कुनै वीर

वैदेहीलाई कोख दिने नेपाल योग्य भूमि
मेरो राम वास बस्दा बन्छ आँखाभित्रै निर

जति धाम प्रिय छन् त्यति अवतारका कथा
बुद्धलाई बोलाउँछन् सम्म होस् या भिर

 

प्रतिक्रिया