अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४३ | Colorodo: 00:58

अनेसास, कोलोराडो च्याप्टरद्वारा राष्ट्रिय अनुसन्धान केन्द्रलाई कोरोनाविरुद्ध लड्न सहयोग प्रदान

बिआरटीनेपाल २०७७ साउन ३० गते ८:२६ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरले महावीर पुनद्वारा सञ्चालन गरिएको राष्ट्रिय आविष्कार केन्द्रलाई अमेरिकन डलर $१, २३३ बैङ्क ट्रान्सफर मार्फत हस्तान्तरण गरेको छ । उक्त रकम नेपालमा विश्वव्यापी रूपमा फैलिरहेको कोरोना रोगको संक्रमण विरुद्ध लड्न आवश्यक स्वास्थ्य सुरक्षा सामाग्रीहरूको उत्पादन गर्नको लागि सहयोग स्वरूप प्रदान गरिएको जानकारी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सदस्य श्रीमती तारा अधिकारीले जानकारी दिनुभयो । यसै गरी वहाँले कोलोराडोमा रहनुभएका चौध जना नेपालीदाताहरूबाट उक्त सहयोग रकम सङ्कलन गरिएको जानकारी पनि दिनुभयो ।

सहयोग गर्नेहरुको नामबली
१  डा. विजयराज शर्मा $२००
२  तारा/ विजयदेव अधिकारी $१०१
३  कपिलदेव सुवेदी $१०१
४  सम्झना/ वासुदेव खनाल $१०१
५  पदम विश्वकर्मा $१००
६  बिआरटी नेपाल डट कम $१००
७  मिना पौडेल $१००
८  किरण अधिकारी $१००
९  नारायण पन्त $१००
१०  राजु सिटौला $१००
११  रविन रेग्मी $५०
१२  रामराज पौडेल $५०
१३  लीलाबहादुर पाण्डे $५०
१४  बलराम खनाल $२५

जम्मा उठेको: $१२७८
बैक वायर ट्रान्स्फर शुल्क: $४५

राष्ट्रिय आविष्कार केन्द्रलाई प्राप्त भएको रकम: $१२३३

प्रतिक्रिया