अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२९ | Colorodo: 10:44

गाउँको घर, बटुवाको रातको बास, प्रेमको आरम्भ – “चिउरी पातैमा” गीत सार्वजनिक

बिआरटीनेपाल २०८२ जेठ ३० गते १५:४० मा प्रकाशित

काठमान्डौ । नेपालको पुरानो “साँझमा बास बस्ने प्रचलन” र त्यस क्रममा भएको एक मीठो प्रेम कहानीको सुरुवातलाई म्युजिक भिडियो मार्फत देखाउने सानो प्रयास स्वरूप लोक भाकाको “चिउरी पातैमा” गीत सार्वजनिक भएको छ । जसमा बास बस्न आउने अपरिचित व्यक्तिको घरबेटीको छोरी प्रतिको आकर्षण र उनीहरू बिचको दोहोरी संवाद र त्यसपछि हुने प्रेम कहानीको सुरुवातलाई बडो रोमाञ्चक ढङ्गले देखाइएको छ ।

गायक लेख काफले र गायिका अप्सरा घिमिरेद्वारा गाइएको उक्त गीत लेख काफ्लेको अफिसियल युट्युब च्यानलबाट रिलिज भएको हो । गीतमा शब्द गायक स्वयमको, संगीत लेख सहयात्रीको र सङ्कलन विषम आचार्यको रहेको छ । साथै, मिक्सिङ तथा मास्टरिङ भने प्रिज्म स्टुडियोका श्याम श्वेत रसाइलीले गर्नु भएको छ ।

मकवानपुरको रमणीय स्थलमा छायाङ्कन गरिएको गीतको भिडियोमा लालना छिमरिया , र गायक लेख काफ्लेकै अभिनय रहेको छ । भिडियोमा बास बस्ने कथावस्तुलाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् जसमा नवराज उप्रेतीको भिडियोग्राफीको उत्कृष्टता देख्न सकिनेछ ।

प्रतिक्रिया
लोकप्रिय