अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०२
| Colorodo: 11:17
द हेग, नेदरल्यान्ड्स —GBLO को छैठौं विश्व सम्मेलनमा ‘दिनेश चाम्लिङ युवा प्रतिभा पुरस्कार’ यस वर्ष स्वाकारोक्ति फाउन्डेशनलाई प्रदान गरिने घोषणा गरिएको छ।
संस्थाले प्रवासी साहित्यिक चेतना, अनुसन्धान र आत्मस्वीकृतिका विषयमा निरन्तर काम गर्दै आएको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो।
पुरस्कार स्वरूप USD $5,001 (पाँच हजार एक डलर) प्रदान गरिनेछ। यो रकम संस्थाको खोज, अनुसन्धान तथा प्रचारप्रसारलाई अझ सशक्त बनाउन उपयोग गरिने अपेक्षा राखिएको छ।
यो पुरस्कारले युवाहरूमा सिर्जनशीलता र सामाजिक रूपान्तरणप्रतिको प्रतिबद्धता थप बलियो हुने विश्वास व्यक्त गरिएको छ।